उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
Cross references
इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।
“यदि कसैले एउटा गोरू अथवा भेडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोरूको बदलामा पाँचवटा गोरू तिर्नु पर्छ अथवा भेडाको बदलामा पाँचवटा भेडाहरू तिर्नु पर्छ।
जे जति उसले झूट्टा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।
तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”
तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।
जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैले ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।
यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।