तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”
Cross references
यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरीको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो।
अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहगरु, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दकराख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”
“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।
तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।