इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।
Cross references
त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।
तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।
एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।
“एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैंचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैंचौ लिने मानिसले अवश्यै पशु साट्न पर्छ।
उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।
उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन!