राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले भनी।तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको पनि अन्न दिनु।”
Cross references
ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।
यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउञ्जेलसम्म राख्न सएछौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ।
अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिस्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”
दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”
येहूले माथि झ्यालमा हेरे। उनले भने, “मतिर को छ? को?”दुई अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे।
दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।
परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।