अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।
Cross references
तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।
मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।
अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसंग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।