Home Bibles ☰ Books लूका 14:23 · नेपाली बाइबल
लूका 14:23 · नेपाली बाइबल

मालिकले नोकरलाई भने, मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु।

Cross references

उत्पत्ति 19:2

तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यही बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”ती स्वर्गदूतहरूले भने, “अहँ हामी बाटोमै रात बिताउनेछौं।”

भजनसंग्रह 98:3

परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।

भजनसंग्रह 110:3

जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।

यशैया 11:10

त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

यशैया 19:24

त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशिर्वाद हुनेछ।

यशैया 27:13

मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।

यशैया 49:5

परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु” परमप्रभुले मलाई भन्नुभयो।

यशैया 66:19

मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

जकरिया 14:8

यससमय यरूशलेमबाट लगातार पानीबगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

मलाकी 1:11

“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

मत्ती 21:43

“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।

मत्ती 22:9

यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’

Interlinear

Choose Theme