Home Bibles 1 राजा 1:3 · नेपाली बाइबल
1 राजा 1:3 · नेपाली बाइबल

यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए।

Cross references

यहोशू 19:18

त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,

1 शमूएल 28:4

पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।

1 राजा 2:17

अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीश्गसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”

2 राजा 4:8

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

2 राजा 4:25

आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!

एस्तर 2:2

उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज।

एस्तर 2:4

अनि यी जवान स्त्रीहरू मध्य जसलाई राजाले मनपराउने छन् उनले वश्ती को स्थानमा शासन गर्ने छिन्। यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे।

Interlinear

Choose Theme