Home Bibles 2 राजा 3:11 · नेपाली बाइबल
2 राजा 3:11 · नेपाली बाइबल

तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”

Cross references

उत्पत्ति 18:4

म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।

यहोशू 1:1

मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो,

यहोशू 9:14

इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।

न्यायकर्ता 20:8

तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन।

न्यायकर्ता 20:18

इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

न्यायकर्ता 20:23

”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरूद्ध युद्ध गर।” इस्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।

न्यायकर्ता 20:26

त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।

1 राजा 19:21

तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे।उनले हलोको काठको प्रयोगदाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुसरण गर्न थाले। एलीशा एलियाका सहायका बने।

1 राजा 22:7

तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”

2 राजा 2:25

एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए।योराम इस्राएलका राजा हुन्छन्

2 राजा 3:3

तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।

1 इतिहास 10:13

शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।

1 इतिहास 14:10

दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गुरू? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?”परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरु माथि बिजय गराउनेछु।”

1 इतिहास 14:14

दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक।

1 इतिहास 15:13

अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”

2 इतिहास 18:6

तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”

भजनसंग्रह 74:9

हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।

आमोस 3:7

मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।

लूका 22:26

तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।

यूहन्ना 13:4

जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।

यूहन्ना 13:13

तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ।

फिलिप्पी 2:22

तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ।

1 तिमोथी 5:10

उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।

Interlinear

Choose Theme