Home Bibles ☰ Books 2 राजा 2:25 · नेपाली बाइबल
2 राजा 2:25 · नेपाली बाइबल

एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए।योराम इस्राएलका राजा हुन्छन्

Cross references

यहोशू 19:26

अल्लम्मेलेक, अमाद अनि मिशाल।यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो।

1 राजा 18:19

अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशेराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी इजेबेलले ती अगमवक्ताहरूको समर्थन र्गछिन्।”

1 राजा 18:42

यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे।

2 राजा 1:9

अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।”‘

2 राजा 4:25

आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!

Interlinear

Choose Theme