Home Bibles प्रस्थान 38:3 · नेपाली बाइबल
प्रस्थान 38:3 · नेपाली बाइबल

त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए।

Cross references

प्रस्थान 27:3

“वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।

1 शमूएल 2:13

यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो।

2 इतिहास 4:2

त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।

2 इतिहास 4:16

हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।

Interlinear

Choose Theme