Home Bibles 2 राजा 23:36 · नेपाली बाइबल
2 राजा 23:36 · नेपाली बाइबल

यहोयाकीम 25 वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्।

Cross references

1 इतिहास 3:15

यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

2 इतिहास 36:5

यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वरा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।

यर्मिया 1:3

योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।

यर्मिया 26:1

योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।

दानियल 1:1

तेस्रो वर्षमा यहूदाका राजा यहोयाकीमको शासनकालमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे।

Interlinear

Choose Theme