Home Bibles ☰ Books 2 राजा 2:12 · नेपाली बाइबल
2 राजा 2:12 · नेपाली बाइबल

एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।

Cross references

उत्पत्ति 5:24

एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

न्यायकर्ता 17:10

तब मीकाले तिनलाई भने, “मसित बस्नु होस्। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।” त्यो लेवीले त्यही गरे जो मीकाले भने।

2 राजा 5:13

तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।”‘

2 राजा 13:14

एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”

अय्यूब 1:20

जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरियो। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे।

अय्यूब 22:30

तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”

हितोपदेश 11:11

ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ।

हितोपदेश 30:4

स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

उपदेशक 7:19

ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।

उपदेशक 9:16

तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

यशैया 37:4

सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”

यशैया 37:15

हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने,

यशैया 37:21

तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’

यशैया 57:1

धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।

Interlinear

Choose Theme