Home Bibles 2 राजा 16:15 · नेपाली बाइबल
2 राजा 16:15 · नेपाली बाइबल

आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा ठूलो वेदी प्रयोग गर। ठूलो वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्कनु। तर म परमेश्वरसँग प्रश्न सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।”

Cross references

उत्पत्ति 44:5

मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।”‘

प्रस्थान 29:39

तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ।

लेवी 4:13

“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।

गन्ती 28:2

“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।

2 शमूएल 6:17

दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

1 राजा 3:4

राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए।

1 राजा 7:23

तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खडकुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौडा अनि 5 हात गहिरो थियो।

1 राजा 8:64

त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।

2 राजा 3:20

बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्नथाल्‌यो अनि बेंसी भरियो।

2 राजा 16:14

आहाजले मन्दिरको सामु परमप्रभु अघि भएको काँसाको वेदी हटाए। यो काँसाको वेदी आहाजको वेदी अनि परमप्रभुको मन्दिरको माझमा थियो। आहाजले काँसाको वेदीलाई आफ्नो वेदीको उत्तर तिर राखे।

2 राजा 18:4

हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।

2 इतिहास 7:4

त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए।

2 इतिहास 29:21

तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।

2 इतिहास 29:32

सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100वटा भेडाहरू अनि 200 भेडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।

2 इतिहास 29:35

त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।

2 इतिहास 33:6

मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।

यशैया 2:6

म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्‌यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्।

इजकिएल 46:4

“शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ।

इजकिएल 46:12

“जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमाजस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।

दानियल 9:21

जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, सांझको बलिदानको समयमा चाँडो गरी उडदै मेरो छेउमा आए।

दानियल 9:27

“तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”

दानियल 11:31

तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।

दानियल 12:11

“‘नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।

होशे 4:12

हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए।

Interlinear

Choose Theme