आहाजले मन्दिरको सामु परमप्रभु अघि भएको काँसाको वेदी हटाए। यो काँसाको वेदी आहाजको वेदी अनि परमप्रभुको मन्दिरको माझमा थियो। आहाजले काँसाको वेदीलाई आफ्नो वेदीको उत्तर तिर राखे।
Cross references
“तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।
मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।
ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए।
सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौडा अनि 10 हात अग्लो थियो।
आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे।
अनि पृथ्वीमा मारिएका सबै असल ‘मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ।