येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।
Cross references
अहज्याह 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक वर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्।
परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”
येहू मरे अनि उनलाई उनका पुर्खाहरूसंगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए।
सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।
योआश सात वर्षका थिए जब तिनी राजा बने।
योआशले येहू इस्राएलका राजा हुँदा सातौं वर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 वर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो।
योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र वर्ष शासन गरे।
यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।