Home Bibles ☰ Books 2 राजा 13:10 · नेपाली बाइबल
2 राजा 13:10 · नेपाली बाइबल

योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र वर्ष शासन गरे।

Cross references

2 राजा 10:30

परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”

2 राजा 12:1

योआशले येहू इस्राएलका राजा हुँदा सातौं वर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 वर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो।

2 राजा 13:1

येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।

2 राजा 13:9

योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।

2 राजा 14:1

यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजाका छोरा योआशको शासनकालको दोस्रो वर्ष राजा भए।

2 राजा 14:17

यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 वर्ष बाँचे।

2 राजा 15:12

यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।

Interlinear

Choose Theme