Home Bibles ☰ Books 2 राजा 10:35 · नेपाली बाइबल
2 राजा 10:35 · नेपाली बाइबल

येहू मरे अनि उनलाई उनका पुर्खाहरूसंगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए।

Cross references

2 शमूएल 7:12

“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

1 राजा 1:21

तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठाहरिनेछौं।”

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 14:20

यारोबामले 22वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।

1 राजा 14:31

रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

2 राजा 10:30

परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”

2 राजा 13:1

येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।

2 राजा 13:7

अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।

2 राजा 13:9

योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।

Interlinear

Choose Theme