Home Bibles 2 राजा 12:4 · नेपाली बाइबल
2 राजा 12:4 · नेपाली बाइबल

योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा धेरै धन छ। मानिसहरूले मन्दिरमा चीजहरू दिएका छन्।

Cross references

प्रस्थान 25:1

परमप्रभुले मोशालाई भन्नु भयो,

प्रस्थान 30:12

“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

प्रस्थान 35:5

परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

प्रस्थान 35:22

सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

प्रस्थान 35:29

इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

प्रस्थान 36:3

मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।

लेवी 5:15

“जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको

लेवी 27:2

“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

लेवी 27:12

त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।

लेवी 27:31

यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

1 राजा 3:2

मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।

1 राजा 3:3

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

1 राजा 7:1

राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 वर्ष लाग्यो।

2 राजा 12:18

यहोशापात, यहोराम र अहज्याह यहूदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहूमुल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।

2 राजा 14:4

उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।

2 राजा 15:4

तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।

2 राजा 16:4

आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।

2 राजा 17:11

इस्राएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न वाध्य गराउनुभएको थियो। इस्राएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रीस उठायो।

2 राजा 22:4

“प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सग्रह गरेका थिए।

1 इतिहास 18:11

दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्‌याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।

1 इतिहास 29:3

मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु।

1 इतिहास 29:17

मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।

2 इतिहास 15:18

अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे।

2 इतिहास 24:9

तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो।

2 इतिहास 29:4

हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तफर्को खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “मेरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर।

2 इतिहास 31:12

तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।

2 इतिहास 35:2

योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए।

एज्रा 1:6

तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।

एज्रा 2:69

तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।

एज्रा 7:16

स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।

एज्रा 8:25

त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।

लूका 21:4

किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”

Interlinear

Choose Theme