Home Bibles ☰ Books 2 राजा 12:4 · नेपाली बाइबल
2 राजा 12:4 · नेपाली बाइबल

योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा धेरै धन छ। मानिसहरूले मन्दिरमा चीजहरू दिएका छन्।

Cross references

प्रस्थान 25:1

परमप्रभुले मोशालाई भन्नु भयो,

प्रस्थान 30:12

“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

प्रस्थान 35:5

परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

प्रस्थान 35:22

सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

प्रस्थान 35:29

इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

प्रस्थान 36:3

मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।

लेवी 5:15

“जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको

लेवी 27:2

“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

लेवी 27:12

त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।

लेवी 27:31

यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

1 राजा 3:2

मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।

1 राजा 3:3

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

1 राजा 7:1

राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 वर्ष लाग्यो।

2 राजा 12:18

यहोशापात, यहोराम र अहज्याह यहूदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहूमुल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।

2 राजा 14:4

उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।

2 राजा 15:4

तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।

2 राजा 16:4

आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।

Interlinear

Choose Theme