Home Bibles ☰ Books 2 इतिहास 24:9 · नेपाली बाइबल
2 इतिहास 24:9 · नेपाली बाइबल

तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो।

Cross references

प्रस्थान 30:12

“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

2 इतिहास 24:6

यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”

मत्ती 17:24

येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, ‘के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”

Interlinear

Choose Theme