यारोबामले 22वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।
Cross references
तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।
सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।
आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।
अबियाह तीन वर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।
जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो।
जब कुनै मानिस मर्छ, उ तल ढल्छ अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। होइन। मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।
म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु। किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।