Home Bibles ☰ Books 2 राजा 10:20 · नेपाली बाइबल
2 राजा 10:20 · नेपाली बाइबल

येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे।

Cross references

प्रस्थान 32:5

हारूनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड मनाइनेछ।”

1 राजा 18:19

अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशेराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी इजेबेलले ती अगमवक्ताहरूको समर्थन र्गछिन्।”

1 राजा 21:12

अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे।

योएल 1:14

उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

Interlinear

Choose Theme