उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।
Cross references
तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।
“आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।
यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।
यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए।
उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तकबाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौ दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।
इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।
“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ वर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे।
सियोनमा तुरहि फुक, महा-पबित्र सभा बोलाऊ। उपवासको विशेष समयलाई बोलाऊ।
तर प्रत्येक मानिस र पशुहरुले पनि विशेष प्रकारको वस्त्र धारण गरुन् जसबाट यो देखियोस् कि तिनीहरु सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठुलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बद्ली गर्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ।