Home Bibles ☰ Books 2 राजा 10:21 · नेपाली बाइबल
2 राजा 10:21 · नेपाली बाइबल

तब येहूले सबै इस्राएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो।

Cross references

न्यायकर्ता 16:27

मन्दिरमा पुरूष अनि स्त्रीहरूको भीड थियो। पलिश्ती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरूष अनि स्त्रीहरू थिए। तिनीहरू हाँस्दै अनि शिमशोनको खिल्ली उडउँदै थिए।

1 राजा 16:32

आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए।

2 राजा 11:18

तब सबै मानिसहरू झूठो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पूजारी मतनलाई पनि वेदीको सामु मारे।यसप्रकार पूजाहारी यहोयादाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेरचाहा गर्न लगाए।

योएल 3:2

म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरुलाई न्याय गर्नेछु। तिनहरुलेनै मेरो मानिसहरुलाई तितर-बितर परेका थिए। अन्य जातिहरुको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरुलाई दण्ड दिनेछु। तिनीहरुले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।

योएल 3:11

हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।

प्रकाश 16:16

त्यासपछि ती दुष्ट आत्माहरुले राजाहरुलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

Interlinear

Choose Theme