हामी हाम्र समझदारीले , धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफै देखाँउछौं।
Cross references
तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।”
यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।
तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।
अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ।
मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिए, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।
“परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसैले अह्राउन सक्छ?”
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुखित थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुखित तुल्याउनु लेखेको थिइन। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।
यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुंगाका पाटीहरूमालेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।
परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्कने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।
हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं।
यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।
साँचो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।
अनि किन म भार थिइन? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।
यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?