Home Bibles ☰ Books 2 कोरिन्थी 12:21 · नेपाली बाइबल
2 कोरिन्थी 12:21 · नेपाली बाइबल

मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लञ्जित पार्नु हुनेछ । धेरै जना जजसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजर्मदा कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।

Cross references

प्रस्थान 32:31

तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए।

व्यवस्था 9:15

“पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।

व्यवस्था 9:25

“यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किन? किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो।

1 शमूएल 15:35

त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।

एज्रा 9:3

जब यो वचन मैले सुने मेरो पहिरन च्यातें अनि मैले मेरो शिरका केश र दाह्री उखाले

एज्रा 10:1

जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।

भजनसंग्रह 119:136

म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।

यर्मिया 9:1

यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।

यर्मिया 13:17

यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथानपक्राऊ पर्नेछ।

लूका 9:41

येशूले उत्तर दिनुभयो, “अविश्वासी र भडकिएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसंग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”

रोमी 9:2

मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति।

रोमी 13:13

दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र र्खचिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरु गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

1 कोरिन्थी 5:1

तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको।

1 कोरिन्थी 5:9

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।

Interlinear

Choose Theme