Home Bibles ☰ Books व्यवस्था 9:25 · नेपाली बाइबल
व्यवस्था 9:25 · नेपाली बाइबल

“यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किन? किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो।

Cross references

प्रस्थान 34:28

त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसंग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।

व्यवस्था 9:16

अनि मैले देखे कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।

व्यवस्था 9:18

त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ।

Interlinear

Choose Theme