Home Bibles ☰ Books 2 इतिहास 9:6 · नेपाली बाइबल
2 इतिहास 9:6 · नेपाली बाइबल

म यहाँ आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ।

Cross references

1 राजा 4:31

उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।

1 राजा 4:34

सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।

1 राजा 10:7

मैले तबसम्म विश्वास गरेकी थिइन जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।

2 इतिहास 9:5

तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्।

भजनसंग्रह 31:19

हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्।

श्रेष्ठगीत 5:9

स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?

जकरिया 9:17

प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।

यूहन्ना 20:25

अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”

1 कोरिन्थी 2:9

तर, जस्तो शास्त्रमा लेखिएको छः“कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”

1 यूहन्ना 3:2

प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।

Interlinear

Choose Theme