Home Bibles यूहन्ना 20:25 · नेपाली बाइबल
यूहन्ना 20:25 · नेपाली बाइबल

अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”

Cross references

अय्यूब 9:16

मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।

भजनसंग्रह 78:11

एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।

भजनसंग्रह 78:32

तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।

भजनसंग्रह 95:8

परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले जंङ्गलमा हुँदा मरीबामा गरे झै अनि मरूभूमिमा गरेको मस्सामा झैं जिद्दी नगर।

भजनसंग्रह 106:21

परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।

मत्ती 16:1

फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।

मत्ती 27:42

तिमीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफै क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं।

मर्कूस 16:11

मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।

लूका 24:25

तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।

लूका 24:34

“प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”

यूहन्ना 1:41

पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”

यूहन्ना 6:30

तब मानिसहरूले सोधे, तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौंै भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ?

यूहन्ना 20:14

मरियमले यति भनिसकेर जब र्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।

यूहन्ना 21:7

येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए।

प्रेरित 5:30

तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।

प्रेरित 10:40

तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो।

1 कोरिन्थी 15:5

अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो।

हिब्रू 3:12

त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

हिब्रू 3:18

अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

हिब्रू 10:38

जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।”

Interlinear

Choose Theme