2 इतिहास 9:19 · नेपाली बाइबल
छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।
Cross references
मत्ती 19:28
येशूले चेलाहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ।
प्रकाश 21:12
त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।