Home Bibles भजनसंग्रह 79:7 · नेपाली बाइबल
भजनसंग्रह 79:7 · नेपाली बाइबल

ती सम्प्रदायरूले याकूबलाई र उसको देशलाई ध्वंश पारे।

Cross references

2 इतिहास 36:21

यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”

भजनसंग्रह 80:13

जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।

यशैया 9:12

परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।

यशैया 24:1

हेर! परमप्रभुले यो ठाउँलाई ध्वंस गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले सफा पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ।

यशैया 64:9

परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस। हाम्रा पापहरूलाई सँधै ध्यानमा नराखी भुलि दिनु होस। दया गरेर, हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।

यशैया 64:10

तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।

यर्मिया 50:7

ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ’ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।

यर्मिया 51:34

सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।

जकरिया 1:15

म यी राष्ट्रहरुप्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि ती जातिहरुको प्रयोग आफ्नो मानिसहरुलाई दण्ड दिनको लागि गरें। तर ती जातिहरुले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”

Interlinear

Choose Theme