राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई “करारको पुस्तकमा” भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो।
Cross references
मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’
“अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ।
तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।
तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
तब सुलेमानले भने. “परमप्रभुले भन्नुभयो,” उहाँ अन्धकार मेघमा बस्नु हुने छ।
तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।
यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।
अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”
हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।
‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।
समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।
सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।
म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ।