तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।
Cross references
राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किन? किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ।
त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख। दिन-रात त्यस पुस्तकको अध्यान गर। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंलेजे कुरा गर्छस् त्यसमा सफल हुने छस्।
म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।”