Home Bibles 2 इतिहास 30:24 · नेपाली बाइबल
2 इतिहास 30:24 · नेपाली बाइबल

हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।

Cross references

2 शमूएल 6:19

प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।

1 इतिहास 29:3

मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु।

2 इतिहास 29:34

तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।

2 इतिहास 30:3

तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किन? किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्।

2 इतिहास 30:15

त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।

2 इतिहास 35:7

योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए।

इजकिएल 45:17

तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।”

एफिसी 4:8

त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”

Interlinear

Choose Theme