Home Bibles 2 इतिहास 30:23 · नेपाली बाइबल
2 इतिहास 30:23 · नेपाली बाइबल

समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।

Cross references

1 राजा 8:65

यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।

2 इतिहास 7:9

आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।

2 इतिहास 29:30

राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।

नहेम्याह 8:17

सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।

Interlinear

Choose Theme