Home Bibles नहेम्याह 8:17 · नेपाली बाइबल
नहेम्याह 8:17 · नेपाली बाइबल

सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।

Cross references

व्यवस्था 16:15

परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।

यहोशू 1:1

मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो,

1 इतिहास 29:22

त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे।अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे।

2 इतिहास 7:8

सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए।

2 इतिहास 8:13

सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विश्रामको दिन, औंसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन बार्षिक विदाहरू अखमीरी रोटीको चाड, साप्ताहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए।

2 इतिहास 30:21

यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे।

2 इतिहास 30:23

समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।

2 इतिहास 30:26

यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन।

2 इतिहास 35:18

निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए।

एज्रा 3:4

तब तिनीहरूले छाप्रो बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे।

यूहन्ना 1:14

वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।

हिब्रू 4:8

हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुइछौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।

हिब्रू 11:9

परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।

हिब्रू 11:13

यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।

Interlinear

Choose Theme