त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्ममा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
Cross references
तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसंग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ।
ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”
तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।
योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र संदूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।
लेवीहरू मेरो पवित्र स्थानको सेवा गर्नका निम्ति छानिएका थिए। तिनीहरूले मन्दिरको मूल-ढोकाको चौकीदारी गरे। तिनीहरूले मन्दिरको सेवा गरे। तिनीहरूले बलिहरू तथा होमबलिहरूको पशुहरू मानिसहरूका निम्ति मारे। तिनीहरू मानिसहरूको सहायता गर्न अनि तिनीहरूको सेवाका निम्ति छानिएका थिए।