Home Bibles 2 इतिहास 30:16 · नेपाली बाइबल
2 इतिहास 30:16 · नेपाली बाइबल

तिनीहरूले मोशा, परमेश्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।

Cross references

लेवी 1:5

“पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।

व्यवस्था 33:1

परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।

2 राजा 11:14

अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरु उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”

1 इतिहास 23:14

जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।

2 इतिहास 35:10

निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो।

2 इतिहास 35:11

निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए।

2 इतिहास 35:15

आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।

हिब्रू 11:28

उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।

Interlinear

Choose Theme