तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसंग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ।
Cross references
यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ।
“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘
तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ।
जब तिमीहरूले साँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ।
परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ।
इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको पहिलो महीनामा सीनै पहाडको मरूभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,
तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ।
“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
“आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ।
जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो।
त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो।
यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए।
हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।
“पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ।
तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखानी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोडनु भयो?”
एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
मानिसहरू कहाँ आए अनि उहाँले संधैं गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।
तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो।
मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।
तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”
येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।
येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाँहदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।
यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।