तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किन? तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”
Cross references
“केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।
जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए।
“ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैननपिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए अनि नानीहरूले अमीलो स्वाद पाए।
म सबै मनिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्!
जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।