Home Bibles ☰ Books 2 इतिहास 25:3 · नेपाली बाइबल
2 इतिहास 25:3 · नेपाली बाइबल

अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए।

Cross references

उत्पत्ति 9:5

अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।

प्रस्थान 21:14

तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

गन्ती 35:31

“यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।

2 राजा 14:5

जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए।

2 इतिहास 21:4

योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्‌लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे।

2 इतिहास 24:25

जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्‌यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।

2 इतिहास 24:26

ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।

2 इतिहास 33:25

तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।योशियाह यहूदाका राजा

Interlinear

Choose Theme