Home Bibles ☰ Books यर्मिया 31:29 · नेपाली बाइबल
यर्मिया 31:29 · नेपाली बाइबल

“ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैननपिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए अनि नानीहरूले अमीलो स्वाद पाए।

Cross references

व्यवस्था 24:16

“केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।

यर्मिया 31:30

तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”

विलाप 5:7

हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्। तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।

इजकिएल 18:2

“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ;आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।

Interlinear

Choose Theme