Home Bibles ☰ Books 2 राजा 15:35 · नेपाली बाइबल
2 राजा 15:35 · नेपाली बाइबल

तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।

Cross references

2 राजा 12:3

तर उनले अग्ला ठाउँहरू भत्काएनन् मानिसहरू तब सम्म पनि ती पूजा स्थनहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।

2 राजा 15:4

तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।

2 राजा 18:4

हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।

2 इतिहास 23:20

यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।

2 इतिहास 27:3

योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे।

2 इतिहास 32:12

हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।

Interlinear

Choose Theme