Home Bibles ☰ Books 2 इतिहास 18:34 · नेपाली बाइबल
2 इतिहास 18:34 · नेपाली बाइबल

त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफै उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।

Cross references

गन्ती 32:23

तर यदि तिमीहरूले यी कामहर गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ।

2 इतिहास 18:16

तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।”‘

2 इतिहास 18:19

परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।

2 इतिहास 18:27

मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु म द्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरु पनि मेरो कुरा सुन।

हितोपदेश 13:21

पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।

हितोपदेश 28:17

मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।

Interlinear

Choose Theme