Home Bibles ☰ Books 2 इतिहास 18:19 · नेपाली बाइबल
2 इतिहास 18:19 · नेपाली बाइबल

परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।

Cross references

1 राजा 22:20

परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।

2 इतिहास 18:21

त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूँठो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि यसै गर।’

2 इतिहास 25:8

यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।”

2 इतिहास 25:19

तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।”

अय्यूब 12:16

परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।

हितोपदेश 11:5

निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।

यशैया 6:9

तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’

यशैया 54:16

हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।

इजकिएल 14:9

यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।

2 थिस्सलोनिकी 2:11

तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भच्च्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्।

याकूब 1:13

यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।

Interlinear

Choose Theme