Home Bibles ☰ Books 2 इतिहास 18:2 · नेपाली बाइबल
2 इतिहास 18:2 · नेपाली बाइबल

केही वर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए।

Cross references

व्यवस्था 4:43

मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

यहोशू 20:8

रूबेनको भूमिको मरूभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।

1 राजा 1:9

एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए।

1 राजा 4:13

बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।

1 राजा 17:7

पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।

1 राजा 22:2

तब, तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।

2 राजा 9:1

एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ।

2 इतिहास 19:2

दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो।

नहेम्याह 13:6

यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं वर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें।

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

लूका 17:27

नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पारयो।

Interlinear

Choose Theme