Home Bibles व्यवस्था 4:43 · नेपाली बाइबल
व्यवस्था 4:43 · नेपाली बाइबल

मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

Cross references

यहोशू 20:8

रूबेनको भूमिको मरूभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।

यहोशू 21:27

गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएःमनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

यहोशू 21:38

गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम,

1 राजा 4:13

बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।

1 राजा 22:3

यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।”

1 इतिहास 6:63

परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।

1 इतिहास 6:66

एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।

1 इतिहास 6:71

गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

1 इतिहास 6:80

अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेश्बोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए।

Interlinear

Choose Theme