Home Bibles ☰ Books 1 राजा 22:2 · नेपाली बाइबल
1 राजा 22:2 · नेपाली बाइबल

तब, तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।

Cross references

1 राजा 15:24

तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।

1 राजा 22:1

दुइ वर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो।

1 राजा 22:41

आहाब इस्राएलका राजा भएको समयमा चौथो वर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए।

1 राजा 22:44

तर यहोशापातले अग्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए।

2 राजा 8:18

तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।

2 इतिहास 18:1

यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।

मत्ती 12:40

तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ।

मत्ती 16:21

त्यसै बेलादेखि यसो येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठनु हुनेछ।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme