Home Bibles ☰ Books 2 इतिहास 17:19 · नेपाली बाइबल
2 इतिहास 17:19 · नेपाली बाइबल

ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।

Cross references

2 इतिहास 11:12

रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।

2 इतिहास 11:23

रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आफ्ूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।

2 इतिहास 17:2

तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।

2 इतिहास 17:12

यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।

2 इतिहास 33:14

त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।

Interlinear

Choose Theme