Home Bibles 2 इतिहास 14:15 · नेपाली बाइबल
2 इतिहास 14:15 · नेपाली बाइबल

आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।आसाका परिवर्त्तनहरू

Cross references

गन्ती 31:9

इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेडाहरू पनि लगे।

गन्ती 31:30

प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”

1 शमूएल 30:20

सबै भेडा, बाख्रा, गाई-गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”

1 इतिहास 4:41

यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।

1 इतिहास 5:21

तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे।

Interlinear

Choose Theme