इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेडाहरू पनि लगे।
Cross references
ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
मोशाले तिनीहरूलाई भने, “यी स्त्रीहरूलाई तिमीहरूले किन जिउँदो राख्यौ?
सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए।
तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सएछौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सएछौ।
आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।आसाका परिवर्त्तनहरू
आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे।
इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।